३५१९ मिटर उचाईमा सार्वजनिक भयो ‘म्याक्सस इ-टेरोन ९’

मनाङ । नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस इ-टेरोन ९ पिकअप’ सार्वजनिक भएको छ । पिकअप सार्वजनिकसँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको छ ।
यसबाट नेपालको विद्युतीय सवारी साधन यात्रामा नविनतम आयाम थप भएको छ । नेपालको अटोमोबाइल बजारमा अग्रणी पहिचान बनाउन सफल हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रा.लि.ले नेपालमै पहिलो पटक हिमालको काखमा पिकअप सार्वजनिक गरेको छ ।
‘म्याक्सस इ-टेरोन ९ पिकअप’लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ । ३,५१९ मिटर (११,५४५ फिट) उचाइमा अवस्थित मनाङ जिल्लामा आयोजित कार्यक्रमले नेपालको जस्तोसुकै विकट भौगोलिक संरचनामा पनि यो विद्युतीय सवारीसाधन उपयुक्त छ भन्ने कुरा प्रमाणित गरेको छ ।
नेपालको इतिहास मै पहिलो पटक यस्तो उचाइमा लक्जरी इलेक्ट्रिक पिकअपको आधिकारिक रुपमा सार्वजनिक भएको हो । एग्रेसिभ लुक भएको यो पिकअप नेपालमा आयात हुने कुनै पनि अन्य पिकअप भन्दा हरेक कुरामा अब्बल रहेको छ भनेर कम्पनीको दाबी छ।
किन मनाङमा गरियो सार्वजनिक ?
हिमालय मोट्रक्सले म्याक्सस इ-टेरोन ९ को लन्चिङका लागि मनाङ छानेको हो । मनाङमा म्याक्सस पिकअप सार्वजनिक गर्ने निर्णय केवल एक स्थल चयन मात्र नभई विद्युतीय सवारीका क्षेत्रमा भएको नविनतम आयामको प्रदर्शनका लागि यो एक सन्देश पनि हो ।
कठोर हिमाली भूभाग, चट्टानी बाटो र उच्च उचाइका कारण मनाङ नेपालकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक हो । यस्तो स्थानमा सफल परीक्षण र प्रदर्शन गरेर, कम्पनीले यो विद्युतीय पिकअपको डुअल मोटर फोरह्विल प्रणाली, एडप्टिभ एअर सस्पेन्सन र सम्पूर्ण भू–भागमा सहज संचालन क्षमताको प्रमाण प्रस्तुत गरेको छ ।
म्याक्सस इ-टेरोन ९,नवप्रवर्तन र शक्तिसँगको समायोजन
शहरी सडकदेखि हिमाली बाटासम्म सहजै संचालन गर्न डिजाइन गरिएको म्याक्सस इ-टेरोन ९, नेपालकै पहिलो लक्जरी इलेक्ट्रिक पिकअप हो । जसमा एडजस्टेबल एअर सस्पेन्सन समावेश छ । चाहे शहर होस् वा हिमाल, यसले शक्ति, दायरा र आरामको नयाँ परिभाषा दिएको छ ।
शक्ति र प्रदर्शन
– डुअल मोटर 4WD (अगाडिः १२५ kW । पछाडिः २०० kW)
– ७०० Nm टर्क
– ०–१०० km/h केवल ५.८ सेकेन्डमा
– उच्चतम गतिः १९० km/h
ब्याट्री र रेन्ज
– १०२.२ kWh LFP ब्याट्री
– अधिकतम दायराः ५६० किमी (NEDC)
– फास्ट चार्जिङः २०–८०% केवल ४२ मिनेटमा
- ८ बर्ष वा २ लाख किमि वारेन्टी
अफरोड क्षमता
– २६० mm ग्राउन्ड क्लियरेन्स (इलेक्ट्रोनिक एअर सस्पेन्सन सहित)
– सबै भू–भागका लागि ड्राइभ मोडहरू
इन्टेरियर र लक्जरी
– हिटेड, भेन्टिलेटेड, म्यासेज फिचर सहितको टू–टोन लेदर सिट (मेमोरी सहित)
– डुअल १२.३” डिजिटल क्लस्टर र इन्फोटेन्मेन्ट डिस्प्ले
– वायरलेस चार्जिङसहितको फ्लोटिङ सेन्टर कन्सोल
– प्यानोरामिक सनरुफ, रियर ए/सी भेन्ट, एम्बिएन्ट लाइटिङ
सुरक्षालाई प्राथमिकता
– यूरो NCAP ५–स्टार रेटिङ
– २०+ आधुनिक सुरक्षा फिचरहरु
– ९ एयरब्याग
– ३६० डिग्रि सराउन्डिङ क्यामेरा
– अडाप्टिभ क्रुज कन्ट्रोल
– लेन कीप असिस्ट
– AEB, BSM, RCTA, TPMS, अटो होल्ड आदि
- मूल्य(प्रथम चरणमा बुकिङ गर्नेहरुको लागि मात्र): रु. ९९,९९,०००/-
हिमालय मट्रक्स प्रा.लि.
हिमालय मोट्रक्स प्रा.लि., हिमालय अर्गनाइजेसन अन्तर्गतको संस्था हो । जसले SAIC मोटर कर्पोरेशन अन्तर्गतको प्रतिष्ठित इलेक्ट्रिक ब्रान्ड Maxus का सवारीहरू नेपालमा आयात तथा वितरण गर्छ । विश्वका ७० भन्दा बढी मुलुकहरूमा सञ्चालन हुने Maxus ले उन्नत प्रविधि, भरपर्दो इन्जिनियरिङ र लक्जरी इलेक्ट्रिक सवारी विकासमा विशिष्टता बनाएको छ ।
हिमालय अर्गनाइजेसन
हिमालय अर्गनाइजेसन नेपालकै अग्रणी व्यावसायिक समूह हो । सन् १९९१ मा स्थापित यो समूहले सम्मानित र बहु–आयामिक व्यावसायिक पहिचान बनाएको छ । २०० भन्दा बढी कर्मचारी र २२+ शाखा/डिलर नेटवर्कसहित यो समूहले अटोमोबाइल्स, हस्पिटालिटी, रियल स्टेट तथा हाउजिङ, बैंक तथा वित्तीय सेवा, कृषि लगायत क्षेत्रमा लगानी विस्तार गरेको छ ।
Force Motors India को नेपालका लागि आधिकारिक वितरक हिमालय अर्गनाइजेसनले नेपालभर बलियो व्यावसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ ।
















अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु
म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया