सोमबार, मंसिर २९, २०८२

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

मेरोन्यूज २०८२ जेठ ६ गते १२:२०

काठमाडौं। स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटी बढी भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 

प्रतिक्रिया