एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य, ताेलाकाे कति ?
मेरोन्यूज
२०८२ जेठ ७ गते ११:२३

काठमाडौं । सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हाे । याे सुन मंगलबार एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज फेरी चाँदीको मूल्यमा पनि थोरै बृद्दी भएको छ । आज तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँमा कारोबार हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया