एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपालमा सार्वजनिक

काठमाडौँ । टेलिटक प्रा।लि।ले एचएमडीको नवीनतम स्मार्टफोन ‘एचएमडी क्रेस्ट म्याक्स फाइभजी’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
अत्याधुनिक प्रविधियुक्त यस स्मार्टफोनमा उत्कृष्ट प्रदर्शन, उन्नत क्यामरा प्रणाली, र सजिलै मर्मत गर्न मिल्ने प्रयोगकर्ता-अनुकूल डिजाइन समावेश गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एचएमडीले विकास गरेको यो डिभाइस विशेषगरी दिगो प्रविधि र दीर्घकालीन प्रयोगका लागि तयार पारिएको हो, जसले नेपाली उपभोक्ताहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
टेलिटकका अनुसार, एचएमडी क्रेस्ट म्याक्स फाइभजी नवीनतम प्रविधिसँग सुसज्जित हुनुका साथै नेपाली बजारको आवश्यकता र चाहनालाई मध्यनजर गरी तयार पारिएको हो । स्मार्टफोनको डिजाइन, प्रदर्शन र मर्मतको सहजता यसलाई नेपाली उपभोक्ताका लागि एक उत्कृष्ट विकल्प बनाउनेछ ।
एचएमडी क्रेस्ट म्याक्स ५जी आकर्षक डीप पर्पल रङमा नेपाली बजारमा उपलब्ध छ । यस स्मार्टफोनको ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य नेपाली रुपैयाँ २२,९९९ निर्धारण गरिएको छ ।
ग्राहकहरूले यो उपकरणलाई देशभरका आधिकारिक खुद्रा विक्रेताहरू मार्फत सजिलै प्राप्त गर्न सक्नेछन् । साथै, सुविधाजनक अनलाइन शपिङ प्लेटफर्महरूबाट पनि यो मोडेल खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
प्रतिक्रिया