दोस्रो मल्टी–ब्रान्ड डिलरसिपसहित स्टेलान्टिस नेपालमा

काठमाडौं । दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिअन्तर्गत, स्टेलान्टिसले नेपालमा आफ्नो दोस्रो डिलरसिप सञ्चालनमा ल्याएको छ ।
यो डिलरसिप गोल्छा अर्गनाइजेसनअन्तर्गतको सहायक कम्पनी सांग्रिला मोटर्स प्रालिद्वारा सञ्चालित हुनेछ । नयाँ प्रिमियम सोरुम काठमाडौंको उत्तरढोकामा अवस्थित छ, जहाँ सिट्रोएन, लिपमोटर र प्युजो ब्रान्डका गाडीहरू एउटै छानामुनि उपलब्ध हुनेछन्, जसले ग्राहकहरूलाई उत्कृष्ट र सहज अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
डिलरसिपको औपचारिक उद्घाटन समारोहमा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला, सांग्र्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छा र नेपालस्थित फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालको उपस्थितिमा सम्पन्न भयो ।
उद्घाटन समारोहमा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी शैलेश हजेलाले भने, “नेपाल हाम्रो अपरेसनको रणनीतिक बजार हो । हामी सांग्र्रिला मोटर्ससँगको सहकार्यमा नेपाली ग्राहकहरूलाई विश्वस्तरीय मोबिलिटी समाधान प्रदान गर्न पाउँदा निकै उत्साहित छौँ । यो नयाँ सोरुममार्फत स्टेलान्टिसले नयाँ पुस्ताका विद्युतीय सवारीसाधनसहित नवीनतम प्रविधि र विश्वप्रसिद्ध ब्रान्डहरू नेपाली बजारमा प्रस्तुत गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।”
सांग्र्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाले भने, “यो नयाँ सोरुम हामीले उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित गर्दै गरेको लगनशील प्रयासको निरन्तरता हो । सिट्रोएन, लिपमोटर र प्युजो एकै स्थानमा उपलब्ध गराएर हामी नेपाली ग्राहकका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्नेछौँ भन्ने विश्वास लिएका छौँ । यस विस्तारले ग्राहकको विश्वास र ब्रान्डप्रतिको प्राथमिकता झनै मजबुत बनाउनेछ ।”
















वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया