शनिबार, वैशाख २६, २०८३

माओवादीले माग्यो गृहमन्त्री रमेश लेखकको राजीनामा

मेरोन्यूज २०८२ जेठ १२ गते १२:०३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेको छ । आज (सोमबार) विहान बसेको पदाधिकारी बैठकले यो प्रकरणमा मन्त्री लेखकले राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने निश्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

Advertisement
NiccNicc

बैठकपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा सापकोटाले भने,‘हाम्रो पार्टीको आज बसेको बैठकले गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ भन्ने निश्कर्ष निकालेको छ।’ यस प्रकरणमा गृहमन्त्रीले राजीनामा दिँदामात्रै पावरको दुरूपयोग हुन नपाउने आफूहरुको निश्कर्ष रहेको सापकोटाको भनाई छ ।

यसअघि विपक्षी दल रास्वपाले समेत गृहमन्त्री लेखकको राजीनामा मागेको छ । रास्वपाले त भोलि जेठ १३ गते बस्ने प्रतिनिधिसभा बैठक चल्न नदिनेसम्मको चेतावनी दिएको छ ।

प्रतिक्रिया