कार्यकर्ता नेताको झोला मात्र बोक्ने हैन, स्वाभिमानि बन्नुपर्छ : शेखर कोईराला

फिदिम । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्र बोकेर नहुने बताएका छन् । आम सभा तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न पाँचथरको फालेलुङ आएका कोईरालाले कांग्रेस कार्यकर्ताहरु स्वभिमानी बन्नुपर्ने बताएका हुन् ।
‘नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेताको झोला बोक्ने र उनीहरुको पछि कुदेर मात्र हुँदै,’ कोईरालाले भने ‘कार्यकर्ताहरु स्वभीमानी बन्नुपर्छ । आफूलाई आफैले सक्षम नेतृत्वको रुपमा स्थापित गर्नुपर्छ । नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ ।’नेपाली कांग्रेस फालेलुङ गाँउपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जथाभावी बोल्दै हिडेको आरोप लगाए ।
‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ,’ प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाण्डौ कब्जा गर्न निर्देशन दिन मिल्दैन ।’प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोईरालाको भनाई थियो ।
आइतबार नेकपा एमाले बागमाती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते राजधानी काठमाण्डौलाई एमालेको कब्जामा राख्न निर्देशन दिएका थिए । सोही दिन राजावादीहरुले पनि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । प्रधानमन्त्रीकै कारण देश मुठभेडतर्फ गएको कोईरालाको ठहर थियो ।
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया