बाटोमा ढुङ्गा खस्दा एक जनाको मृत्यु, एक घाइते
मेरोन्यूज
२०८२ जेठ १४ गते ११:०१

खलङ्गा (दार्चुला)। नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गरिरहेका ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार जोशीको घटनास्थलमै मृत्यु भएको हो बाटोमा हिँडिरहेका उहाँमाथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा लागेको हो ।
ढुङ्गाले लागेर नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते हुनुभएको छ । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया