बुटवलमा महिलासहित दुई बालिकाको वीभत्स हत्या

लुम्बिनी । बुटवल उपमहानगरपालिका-११ होराइजनचोक नजिकै एक महिलासहित दुई बालिकाको वीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार ३० वर्षीया दीपा बस्याल ढकाल र उनका दुई छोरीहरू सात वर्षीया स्नेहा र चार वर्षीया हिमान ढकालको हत्या भएको हो ।
प्रहरीले हत्या अभियोगमा बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालालाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ । तीन जनाको घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहानैका समयमा चक्कु र घन प्रयोग गरी तीनै जनाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए ।
स्वास्थ्यकर्मीका रूपमा दीपा कार्यरत थिइन् । सुजनसँग सम्बन्ध विच्छेद गरेपछि दीपाले दोस्रो विवाह गरेकी जनाइएको छ । दीपासँगै हत्या गरिएका दुई बालिका पनि पछिल्लो पतितर्फका हुन् । हत्या अभियोगमा प्रहरी नियन्त्रणमा रहेका अभियुक्त सुजनले आफ्नै दाजु मारेर जेल सजाय भुक्तान गरेर केही वर्षअघि छुटेका थिए ।
















राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया