गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता कार्यान्वयनमा कांग्रेस दृढः देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशिताको प्रभावकारी कार्यान्वयनमा आफ्नो पार्टी दृढ रहेको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय संगठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तिकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समुद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताजस्ता ऐतिहासिक उपलब्धिहरूको प्रभावकारी कार्यान्वयनमा पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरे। संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै थप प्रगतिशील बनाउन आफूहरूले चाहेको देउवाको भनाइ थियो।
देउवाले आदिवासी जनजाति लगायतका समुदायका चाडपर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यको सुरुवात नेपाली कांग्रेसको नेतृत्वको सरकारले गरेको तथ्य स्मरण गराए।
उनले आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्द्धन गर्न कांग्रेस प्रतिवद्ध रहेको पनि बताए।
संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारु आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई थप श्रोत साधन सम्पन्न गराउन कांग्रेस सचेत रहेकोसमेत देउवाले जानकारी दिए।
सभापति देउवाले नेपाली कांग्रेस आदिवासी जनजातिहरूको सशक्तिकरणका लागि सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।
















भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया