शनिबार, जेठ १७, २०८२

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

मेरोन्यूज २०८२ जेठ १५ गते ८:५१

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले सडक विभागसँग समन्वय गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया