बागमती प्रदेशसभाः नीति तथा कार्यक्रम सार्वजनिक

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनले बागमती प्रदेश सरकारको नीति कार्यक्रम सार्वजनिक गर्दै ‘एकीकृत बस्ती, समृद्ध सहरको नीति’अन्तर्गत दिगो आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधार निर्माण गर्ने, सार्वजनिक तथा निजी लागानीलाई प्रवर्द्धन गर्ने र एकीकृत बस्ती विकासलाई गुरुयोजना तर्जुमा गरी प्रदेशभित्र कार्यन्वयन गर्दै लैजाने बताए ।
प्रदेश प्रमुख देवकोटाले ‘किसानको हात सरकारको साथ’ भन्ने अभियानलाई साना, अर्धव्यवसायी, निर्वाहमुखी, विपन्न, सिमान्तकृत सेवाबाट बञ्चित भएका किसानको जीविकोपार्जन र सुधारसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नेतर्फ नीति कार्यक्रमले जोड दिएको जानकारी दिए ।
प्रदेश प्रमुख देवकोटाले रासायनिक मल, औषधि, विषादी, फलफूल र बीउबिजन तथा मासु, दूध र दानालगायत वस्तुमा गुणस्तरीय मापदण्डलाई सुनिश्चित गर्न प्रभावकारी नियमन गरिने उल्लेख गरे । साथै दुर्गम क्षेत्रका विशेषज्ञ चिकित्सकको उपलब्धता सुनिश्चित गर्न विशेष प्रोत्साहन योजना कार्यन्वयनमा ल्याइनेछ ।
त्यसैगरी प्रदेशभित्र रहेका आयुर्वेद औषधि उत्पादन केन्द्रबाट २१ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरी वितरण गरिने सरकारको लक्ष्य रहेको प्रदेश प्रमुख देवकोटाले जानकारी दिए । प्रदेशभित्र आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयबाट विशेषज्ञ आयुर्वेदिक सेवा विस्तार गर्ने र स्वास्थ्य पर्यटनलाई प्रवर्द्धन गरिनेछ ।
जनस्वास्थ्य विपद् पूर्वतयारी तथा प्राकृतिक विपद् न्यूनीकरण कार्यलाई सुदृढीकरण गर्दै लैजाने लक्ष्यका साथ जिल्लाजिल्लामा आवश्यकताअनुरुप स्वास्थ्य शिविर सञ्चालन गर्ने दृढता सरकारले व्यक्त गरेको छ । नीति तथा कार्यक्रममा लोपोन्मुख र अतिसीमान्तकृत समुदायका बालबालिकाको पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चिताका लागि सामुदायिक विद्यालयमा आवासीय कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने उल्लेख छ ।
खेलकुदको पूर्वाधार विकासलाई र प्रशिक्षणको व्यवस्था गरी व्यवसायिक, प्रतिभावान्, व्यवसायिक तथा अन्तरराष्ट्रिय पद हासिल गरेका खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्ने नीति लिइएको प्रदेश प्रमुख देवकोटाले बताए । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई सरकारको सहलगानीमा निर्माण गरी प्रतिफल बाँडफाँडको व्यवस्था गरिनेछ भनी औँल्याइएको छ ।
मकवानपुरको हेटौँडाको गौरीटारमा निर्माणधीन अन्तरराष्ट्रिय खेलकुद र प्रदेशमा निर्माणधीन अन्य खेलकुद पूर्वाधारका कार्यलाई निरन्तरता दिइनेछ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई स्थानीय तहसम्मको सहकार्यमा समुदाय स्तरसम्म विस्तार गरिनेछ र ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’ अभियानलाई निरन्तरता दिइने जनाएको छ ।
ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी आमाको निःशुल्क हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिइनेछ । प्रदेशस्थित सिन्धुली, मकवानपुर र चितवन जिल्लामा पर्ने मदन भण्डारी राजमार्ग र पूर्वपश्चिम राजमार्ग क्षेत्रलाई औद्योगिक तथा बजार क्षेत्रका रूपमा विकास तथा प्रवर्द्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश प्रमुख देवकोटालाई सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्ने कार्यक्रमको प्रति हस्तान्तरण गरे । सरकारद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम ११६ बुँदामा विभिन्न शिर्षक समावेश गरी सार्वजनिक गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया