राइड सेयरिङको कानुनी मान्यताविरुद्ध विरोध : गण्डकीमा यातायात ठप्प

पोखरा ।गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई कानुनीरूपमा स्वीकृति दिने नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि प्रदेशभर सार्वजनिक यातायात सेवा प्रभावित भएको छ। नियमावली सार्वजनिक भएपछि यसको विरोधस्वरूप यातायात व्यवसायीहरूले सवारी साधन सञ्चालन नगरेका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकीका सवारी व्यवसायीहरूले आन्दोलन थालेका छन्। उनीहरूले सरकारको निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने आशंका व्यक्त गर्दै निर्णय फिर्ता लिन दबाब दिइरहेका छन्।महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले सरकारकै कदमले व्यवस्थित यातायात प्रणाली धरासायी बनाउने आरोप लगाएका छन्।
यस विरोधका कारण आज बिहानैदेखि गण्डकीमा ट्याक्सी, बस र ढुवानी सेवा पूर्ण रूपमा अवरुद्ध छन्।
पोखरा ट्याक्सी प्रालिका अध्यक्ष शोभाकान्त पौडेलका अनुसार, निजी सवारी साधनलाई सार्वजनिक सरह प्रयोग गर्न दिने नीतिको विरोधमा आन्दोलन गरिएको हो। उनले सरकार आफ्नो निर्णयबाट पछि नहटे सम्म आन्दोलन जारी रहने बताएका छन्। व्यवसायीहरू १६ गतेदेखि गण्डकीभित्र र १९ गतेदेखि देशभर सवारी अवरुद्ध गर्ने चेतावनी दिइरहेका छन्।
संघर्ष समितिका प्रवक्ता योगेन्द्र केसीले सरकारले संघीय कानुनको बेवास्ता गर्दै सार्वजनिक सवारीको भूमिकालाई कमजोर बनाउने गरी निजी सवारीलाई सेवा दिने अधिकार दिएको आरोप लगाएका छन्।
गण्डकीका १६ हजार सार्वजनिक सवारी साधनहरू हाल घर र ग्यारेजमा थन्क्याइएको छ। यसका कारण पर्यटकीय नगरी पोखरासहित विभिन्न स्थानका सडकहरू बिहानैदेखि सुनसान छन्।
प्रदेश सरकारले गत वैशाख ३० गते मन्त्रिपरिषदबाट पास गरेर राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा व्यवस्थापनसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित गरेको थियो।
नियमावलीप्रति असहमति जनाउँदै व्यवसायीहरूको चर्को विरोधपछि सरकारले वार्ता समिति गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कमलकुमार अधिकारीको संयोजकत्वमा १३ गते समिति बनाइएको हो, जसले व्यवसायीहरूलाई वार्तामा सहभागी हुन अनुरोध गरिसकेको छ।
यातायात व्यवस्था ऐन २०४९ अनुसार, निजी सवारी साधनले यात्री ओसारपसार गर्न नपाउने व्यवस्था थियो। तर २०८१ असार १३ गते सर्वोच्च अदालतले सबै सवारी साधनलाई कानुनीरूपमा सेवा सञ्चालन गर्न सक्ने बाटो खोल्दै पुराना प्रावधानहरू खारेज गरेपछि सरकारले नियमावली ल्याएको हो।
नयाँ नियमावलीअनुसार अनलाइन प्रणाली प्रयोग गरी निजी तथा सार्वजनिक दुईपांग्रे र चारपांग्रे सवारी साधनमार्फत यातायात सेवा दिन अब अनिवार्य अनुमति तथा नवीकरण आवश्यक हुने भएको छ। पहिले नै सेवा सञ्चालन गरिरहेका प्रदायकहरूलाई नियमावली लागू भएको मितिले ३० दिनभित्र दर्ता अनिवार्य गरिएको छ।
राइड सेयरिङ सेवाको इजाजत लिन कम्तीमा २० सवारी साधन आबद्ध हुनुपर्ने र सेल्फ ड्राइभ सेवाका लागि कम्तीमा पाँच सवारी आवश्यक हुने व्यवस्था छ। दुईपांग्रे सवारीका लागि २५ हजार रुपैयाँ अनुमति शुल्क र १२ हजार ५०० नवीकरण शुल्क तोकिएको छ भने, चारपांग्रेको हकमा क्रमशः ५० हजार र २५ हजार रुपैयाँ शुल्क लाग्नेछ। दुवै किसिमका सवारी प्रयोग गर्ने सेवा प्रदायकका लागि ७० हजार अनुमति र ३५ हजार नवीकरण शुल्क निर्धारण गरिएको छ।
साथै, प्रत्येक सवारीका लागि वार्षिक रूपमा पनि शुल्क तिर्नुपर्नेछ- दुईपांग्रेको हकमा ५ हजार र चारपांग्रेको हकमा २० हजार रुपैयाँ। यी सबै प्रावधानहरू नियमावलीमा स्पष्ट उल्लेख गरिएको छ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया