अनेरास्ववियु महाधिवेशन : अध्यक्ष पदमा शरद पोखरेलको उम्मेदवारी घोषणा

काठमाडौँ। अनेरास्ववियुमा एमालेले ३२ बर्षे उमेर हद लगाएपछि संगठनमा दोस्रो तहका नेताहरु नेतृत्वको दौडमा छन् ।
३२ बर्षे उमेर हदका कारणले अहिलेका पदाधिकारीमध्ये चार जना मात्र नेतृत्वका लागि योग्य हुने छन् । सचिव प्रकाश पौडेल, डा. सुजन कडरिया, दीपक धामी, अन्जना सिवाकोटी र आरती भट्टराई नयाँ नेतृत्वका लागि योग्य रहेका छन् । तिमध्ये अहिलेसम्म कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् । तर पदाधिकारी बाहेकका अन्य अखिलका नेताहरुले भने उम्मेदवारी घोषणा गरिसकेका छन् । तिमध्ये एक हुन् अखिलका केन्द्रीय सदस्य तथा शिक्षा विभाग उपप्रमुख शरद पोखरेल ।
प्युठानको सुन्दर गाउँ बेलबासबाट यात्रा सुरु गरेका पोखरेल अहिले अनेरास्ववियुको अध्यक्ष पदमा सशक्त दाबी गर्दै अगाडि बढिरहेका छन् । त्रिचन्द्र क्याम्पसमा विद्यार्थी राजनीतिमा क्रियाशील पोखरेलले अहिले अखिलको अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् ।
त्रिचन्द्रमा उनलाई ‘आन्दोलनको बाघ’ उपनाम चिनिने पोखरेले यहि जेठ २५ गतेदेखि २८ गतेसम्म हुने अनेरास्ववियुको २४ औं महाधिवेशनका लागि उम्मेदवार घोषणा गरेका हुन् । आफूले विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने, युवाको आवाजलाई बुलन्द बनाउने र नीति निर्माणमा विद्यार्थीको पक्ष प्रस्तुत गर्ने उनी बताउँछन् ।
उनले विद्यार्थीको विदेश पलायन रोक्ने, स्वदेशमै अवसर सिर्जना गर्ने, र शिक्षालाई जनताको पहुँचमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
महाधिवेशनले १५१ नयाँ कमिटी चयन गर्नेछ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया