प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा

काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्।
प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै ११ एसएसपीको बढुवा र पदस्थापन गरिएको जानकारी गराएको छ ।
जसअनुसार डीआईजी सुदर्शन प्रसाद कोइरालाको प्रहरी प्रधान कार्यालय विशेष ब्युरोमा पदस्थापन भएको छ । विनोद घिमिरेको महानिरीक्षकको सचिवालय, दीपेन्द्र घर्ती क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दीपक रेग्मीको अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन भएको छ ।
यस्तै माधव प्रसाद श्रेष्ठको कर्णाली प्रदेश, दिलीप सिंह देउवाको अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, दीपक कुमार बस्नेतको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, ओम बहादुर रानाको अख्तियार, जयराज सापकोटाको कार्यविभाग, सञ्जीव शर्मा दासको अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय र सुरेन्द्र बहादुर गुरुङको साइबर ब्युरोमा पदस्थापन भएको छ ।


















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया