बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

बनियानी, १७ जेठ : आज बिहानदेखि परेको अविरल वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । एसियन हाइवेअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको उक्त डाइभर्सन वर्षासँगै आएको बाढीले बगाएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । बाढीले डाइभर्सनसँगै सडक बगाएपछि वैकल्पिक मार्ग प्रयोग भइरहेको उहाँले बताउनुभयो । आवागमनका लागि सोही स्थानको पश्चिमतर्फ कालिखोला हुँदै शान्तिगाँउ वडा कार्यालय हुँदै काँकरभिट्टा बसपार्कमा आउने वैकल्पिक रूट प्रयोगमा ल्याइएको छ । सडक निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ । यता, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले मोबाइल एसएमएसमार्फत जनाएको छ । थप वर्षा हुने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा बाढी आउन सक्ने जनाउँदै आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । —
















नेशनल लाईफद्वारा कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया