कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
मेरोन्यूज
२०८२ जेठ १८ गते १२:१३

काठमाडौँ। कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले यही जेठ १७ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहियाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अनुसार पटक–पटक सञ्चालक समिति तथा अध्यक्ष भएका राय बचतकर्ताको रु दुई अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार थिए । सल्यान घर भइ हाल नेपालगञ्जमा उपमहानगरपालिका–१० बस्ने ६५ वर्षे राय लामो समयदेखि फरार रहेको प्रहरीले जनाएको छ ।
रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकृत युवराज खड्काले जानकारी दिए ।
सम्बन्धित
















दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
Women’s T20 World Cup Global Qualifier: Nepal out of Group Stage
सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले गरे पदभार ग्रहण
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया