राजावादी आन्दोलनबारे कांग्रेस– गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्नु अनुचित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले राजावादीहरुको आन्दोनलबारे छलफल गर्दै असंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्न खोज्नु अनुचित भएको बताएको छ।
सोमबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आयोजित पदाधिकारी र पूर्वपदाधिकारी बैकठले राजावादी आन्दोलनबारे छलफल गरेको हो।
‘यो संविधान कसैले दिएको संविधान होइन, आफ्ना प्रतिनिधिहरुले निर्माण गरेको संविधान भएको हुनाले यसको रक्षा गर्ने जिम्मेवारी हाम्रो हुन्छ,’ बैठकबारे जानकारी गराउँदै प्रवक्ता प्रकाशशरण महतले भने, ‘सुधार गर्ने लगायतका कुराहरु जनप्रतिनिधिबाटै गर्नुपर्छ। संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्नु अनुचित हो।’
जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधानको रक्षा गर्नु आफूहरूको जिम्मेवारी रहेको उनको भनाइ थियो । प्रवक्ता डा. महतले अनुभवका आधारमा संविधानमा भएका त्रुटिहरूलाई सुधार गर्नुपर्नेमा जोड दिए ।
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया