राजावादी आन्दोलनबारे कांग्रेस– गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्नु अनुचित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले राजावादीहरुको आन्दोनलबारे छलफल गर्दै असंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्न खोज्नु अनुचित भएको बताएको छ।
सोमबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आयोजित पदाधिकारी र पूर्वपदाधिकारी बैकठले राजावादी आन्दोलनबारे छलफल गरेको हो।
‘यो संविधान कसैले दिएको संविधान होइन, आफ्ना प्रतिनिधिहरुले निर्माण गरेको संविधान भएको हुनाले यसको रक्षा गर्ने जिम्मेवारी हाम्रो हुन्छ,’ बैठकबारे जानकारी गराउँदै प्रवक्ता प्रकाशशरण महतले भने, ‘सुधार गर्ने लगायतका कुराहरु जनप्रतिनिधिबाटै गर्नुपर्छ। संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्नु अनुचित हो।’
जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधानको रक्षा गर्नु आफूहरूको जिम्मेवारी रहेको उनको भनाइ थियो । प्रवक्ता डा. महतले अनुभवका आधारमा संविधानमा भएका त्रुटिहरूलाई सुधार गर्नुपर्नेमा जोड दिए ।
















नेशनल लाईफद्वारा कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया