प्रचण्डजीसँग कुरा गर्न खोजेँ, उहाँ सम्पर्कमा आउन चाहानुभएन : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अवरोध हटाउनेबारे प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न खोजे पनि उनी सम्पर्कमा नआएको बताएका छन्।
एमाले संसदीय दलको सोमबार बसेको बैठकमा बोल्दै उनले प्रचण्ड संवादमै आउन नचाहेको बताएका हुन्।
‘भोलि संसद चल्न दिन्नौं भन्ने होला। भोलि संसद चलाऊँ भनेर मैले प्रचण्डजीसँग पनि छलफल गर्न खोजेँ, हिजोको बीचमा अलिकति छलफल गरौं भनेर तर उहाँ छलफलमा आउन चाहिरहनुभएको छैन,’ उनले भने, ‘उहाँलाई थाहा नभएको होइन। उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि उहाँ फेला पर्नुभएको छैन।’
प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दल सत्तापक्षसँग कुरा नगर्ने र संसद बन्द गर्ने मुडमा रहेको आफूले बुझेको उनको भनाइ थियो। ‘उहाँलाई थाहा नभएको होइन, उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नु भएको छैन,’ उनले भने, ‘उहाँहरु कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला।’
ओलीले गृहमन्त्रीको राजीनामा माग्ने बिषयलाई नचाहिने भन्दै त्यस्ता कुराले संसद अवरुद्ध गर्न नहुनेमा पनि जोड दिए।
ओलीले भने, ‘म भन्न चाहान्छु– यस्ता नचाहिने कुरामा संसद् रोकेर, देश विकासको गतिलाई अवरुद्ध गर्ने खालका काम जनप्रतिनिधिलाई असफल बनाउने काम निरर्थक ढंगले। अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा। केही तथ्य, केही प्रमाणले गृहमन्त्रीलाई छुनुपर्यो।’
उनले यसरी संसद् अवरोध नचल्ने भन्दै सांसदहरुलाई त्यसै अनुसार तयार रहन समेत निर्देशन दिए। ‘तपाईंहरू मानसिकरूपमा तयार भएर बस्नुस्, संसद अवरोध हुँदैन,’ उनले भने।

















दार्चुलामा एमालेका ठगुन्ना निर्वाचित
नवलपरासी-१ : विनोद चौधरीलाइ हराउँदै रास्वपाका विक्रम खनाल निर्वाचित
झापा–२मा पूर्वसभामूख घिमिरेलाइ हराएर पूर्वउपसभामूख रानामगर विजयी
११७ स्थानकाे मतगणना सकिँदा रास्वपाका ९१ उम्मेदवार विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया