गृहमन्त्रीलाई दोषी भनेका छैनौं, तर राजीनामा दिनैपर्छ: माओवादी
मेरोन्यूज
२०८२ जेठ १९ गते १८:१५

काठमाडाैं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध कायमै राख्ने निर्णय गरेको छ।
सोमबार बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको निष्कर्ष माओवादीले निकालेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए।
‘विवादिन कर्मचारीलाई अध्यागमनमा पठाउने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने। यस्ता अस्वभाविक गतिविधिमाथि विस्तृत छानबिन हुन्छ नै राजीनामा दिएर मार्गप्रशस्त गर्नु नै उपयुक्त हुन्छ,’ उनले भने, ‘भिसिट भिसा प्रकरणमा सेटिङ भएको स्पष्ट छ को छ भन्नेकुरा छानबिनले देखाउँछ।’
उनले थप भने ‘छानबिन माग गरेको हो । गृहमन्त्री दोषी कसैले भनेको छैन,’ पार्टीको तर्फबाट धारणा राख्ने क्रममा उनले भने, ‘तर छानबिन अगाडि उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ भन्ने निर्णय भएको छ ।’
सम्बन्धित
प्रतिक्रिया