बुधबार, जेठ २१, २०८२

राजावादीले भोलि सिफल चौरमा आन्दोलन गर्ने

मेरोन्यूज २०८२ जेठ १९ गते २१:४६

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्ने भएका छन् ।

राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्दै नवराज सुवेदी नेतृत्वको समितिले भोलि दिउँसो २ बजे आन्दोलन सुरु हुने जनाएकाे छ ।

सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै मंगलबार आन्दोलन गर्ने घोषणा गरेको हो । जेठ १५ गतेदेखि जारी आन्दोलन सोमबार भने स्थगित गरिएको थियो ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल,बल्खु,कोटेश्वर बाहेकका क्षेत्रमा विरोध प्रदर्शन गर्न निषेध गरेको थियो ।

प्रतिक्रिया