स्याङ्जाको चराङमा फल्यो स्याउ

वालिङ (स्याङ्जा) । भीरकोट नगरपालिका–९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो ।
भीरकोट–९ का वडा सदस्यसमेत रहेका चराङ गहतेका ललित गुरुङ र ईमानप्रसाद गुरुङले परीक्षणका लागि लगाएको स्याउ यसवर्ष लटरम्म फलेको छ ।
“दुई वर्ष अघि स्याउका बेर्ना किनेर परीक्षणका लागि लगायौँ”, ललितले भने, “फल्छ की फल्दैन भन्ने अन्योल थियो । अहिले लटरम्म फलेको छ ।”
गत वर्ष ५–७ दाना मात्र फलेको उनले बताए । स्याउका लागि यहाँको हावापानी अनुकुल रहेको पाइएको छ । समुद्री सतहदेखि झण्डै एक हजार ५०० मिटर उचाइमा रहेको चराङ गहतेमा परीक्षणका लागि लगाइएको स्याउले राम्रो उत्पादन दिन थालेपछि अब व्यावसायिक रुपमा स्याउ उत्पादन गर्न थालेको उनले बताए ।
“अब स्याउका बेर्ना ल्याएर व्यावसायिकरुपमा अगाडि बढ्ने तयारीमा छौँ”, ललितले भने । स्याउको यावसायिक उत्पादनबारे कृषि प्राविधिकसँग समन्वय छलफल गरिरहेको उनले बताए ।
चराङ गहतेमा स्याउ उत्पादन सफल भएसँगै अहिले त्यहाँका स्थानीय खाली रहेका जमिनमा व्यावसायिक रुपमा स्याउ खेती गर्नेतर्फ आकर्षित हुन थालेका छन् ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले यसबारे जानकारी प्राप्त नभएको बताउँछन् । “उत्पादन भएको स्याउको गुणस्तर पत्ता लगाउँदै छौँ”, उनले भने ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया