आन्दोलन नरोकेसम्म राजावादी नेताहरूले पीएसओ नपाउने

काठमाडौं । राजावादी नेताहरुले आन्दोलन नरोकेसम्म पीएसओ (अंगरक्षक) नपाउने भएका छन् ।
राप्रपा, राप्रपा नेपाल लगायत राजावादीहरूले संयुक्त प्रदर्शन सुरु गर्नु अघिल्लो दिन सरकारले उनीहरूलाई दिएका पीएसओहरू फिर्ता गरेको थियो। प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले ब्रिफिङका लागि राजावादी दलका नेताहरूको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता गरिएकाे बताएका थिए।
गृहमन्त्री रमेश लेखकले बुधबार राज्य व्यवस्था तथा सशासन समितिको बैठकमा आन्दोलन नरोकिएसम्म उनीहरूको सुरक्षामा खटिएका प्रहरी फिर्ता नहुने बताएका छन् । मन्त्री लेखकले भने, ‘हजुरहरुले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरुलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यी घटनाहरु भएनन् भने सुरक्षा पुनः स्थापित गरिन्छ ।’
प्रहरीले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वगृहमन्त्रीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद बुद्धिमान तामाङ, राप्रपाका पूर्वअध्यक्ष एवं सांसद पशुपति शमशेर राणा, पूर्वमन्त्री एवं सांसद दीपक सिंह, पूर्वमन्त्री एवं सांसद विक्रम पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका राप्रपा सांसद ध्रुबबहादुर प्रधानलगायतका पीएसओ फिर्ता बोलाएको छ।
















लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया