मुख्यमन्त्री सिंहसँग एडिबी टोलीको भेट

काठमाडौँ । मधेस प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन (पिएफएम) मूल्यांकन अन्तिम चरणमा पुगेको जनाएको छ ।
यो मूल्यांकन एसियाली विकास बैंक (एडिबी)को प्राविधिक सहयोगमा स्वमूल्यांकन विधिबाट अगाडि बढाइएको हो ।
आज जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा एडिबीका प्रतिनिधिमण्डलले मुख्यमन्त्री सतिशकुमार सिंहसँग भेट गरी मूल्यांकनको प्रगतिबारे जानकारी गराएको हो ।
एडिबी निर्देशक श्रीनिवासन जनार्दनमको नेतृत्वमा आएको टोलीले हालसम्मको मूल्यांकन प्रक्रिया, नतिजा र आगामी कार्ययोजनाबारे छलफल गरेको हो ।
छलफलमा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साह, साथै एडिबीका वरिष्ठ अधिकृत जुलीका र कृष्ण पाठकको उपस्थिति थियो ।
प्रदेश सरकारले पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी बजेट कार्यान्वयनको लक्ष्यसहित सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका लागि यो मूल्यांकन अघि बढाएको हो ।
नेपालमा यसअघि गण्डकी प्रदेशले पिएफएम मूल्यांकन पूरा गरिसकेको छ भने मधेस प्रदेशको मूल्यांकन अन्तिम चरणमा पुगेको एडिबी प्रतिनिधिमण्डलले जनाएको छ ।








कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
UML 11th National Congress: Candidacy filing taking place today
सिकारीको बन्दुक पड्किँदा…
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया