युट्युबमा प्रधानमन्त्रीविरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं। अभिव्यक्ति स्वतन्त्रताविरुद्ध गृह प्रशासन थप आक्रामक बनेको छ। प्रधानमन्त्री केपी ओलीविरुद्ध अपशब्द प्रयोग गरेको तथा तथ्यहीन र आधारहीन विषयमा सामग्रीहरू प्रसारण गरेको आरोपमा प्रहरीले युट्युबर रेशमराज पौडेललाई पक्राउ गरेको हो ।
पौडेलले युट्युब च्यानल ‘ड्राइभर रेशम’मार्फत प्रधानमन्त्री ओलीको आलोचना र रास्वपाको पक्षमा सामग्री प्रसारण गर्दै आएका थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपालगन्जको रुपैडियाबाट पक्राउ गरेको हो। उनीविरुद्ध साइबर ब्युरोले साइबर अपराध मुद्दामा कारबाही अघि बढाएको छ ।
बागलुङको निसीखोला गाउँपालिका– ४ घर भएका पौडेलले कानुनले वर्जित गरेका शब्द र सामग्री प्रसारण गरी नकारात्मक धारणा फैलाएकाले उनलाई पक्राउ गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।
प्रधानमन्त्री ओलीको चर्काे आलोचना गरेको भन्दै टिकटकर रमा बस्नेतलाई प्रहरीले गत आइतबार पक्राउ गरेकोमा साइबर अपराधमा पक्राउ गरी थुनामा राखेको छ ।
















पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया