युट्युबमा प्रधानमन्त्रीविरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं। अभिव्यक्ति स्वतन्त्रताविरुद्ध गृह प्रशासन थप आक्रामक बनेको छ। प्रधानमन्त्री केपी ओलीविरुद्ध अपशब्द प्रयोग गरेको तथा तथ्यहीन र आधारहीन विषयमा सामग्रीहरू प्रसारण गरेको आरोपमा प्रहरीले युट्युबर रेशमराज पौडेललाई पक्राउ गरेको हो ।
पौडेलले युट्युब च्यानल ‘ड्राइभर रेशम’मार्फत प्रधानमन्त्री ओलीको आलोचना र रास्वपाको पक्षमा सामग्री प्रसारण गर्दै आएका थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपालगन्जको रुपैडियाबाट पक्राउ गरेको हो। उनीविरुद्ध साइबर ब्युरोले साइबर अपराध मुद्दामा कारबाही अघि बढाएको छ ।
बागलुङको निसीखोला गाउँपालिका– ४ घर भएका पौडेलले कानुनले वर्जित गरेका शब्द र सामग्री प्रसारण गरी नकारात्मक धारणा फैलाएकाले उनलाई पक्राउ गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।
प्रधानमन्त्री ओलीको चर्काे आलोचना गरेको भन्दै टिकटकर रमा बस्नेतलाई प्रहरीले गत आइतबार पक्राउ गरेकोमा साइबर अपराधमा पक्राउ गरी थुनामा राखेको छ ।














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया