आरआरमा लोकेश-शैलेन्द्र नेतृत्वको स्ववियुले पायो वैधानिकता

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) को स्ववियुले वैधानिकता पाएको छ ।
बिनोद राज जोशीसमूह र रविन राज खत्रीले दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेसँगै क्याम्पसको स्ववियुले वैधानिकता पाएको हो ।
निर्धारित समयमा चुनाव हुन नसकेपछि आरआरमा अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार बनेका लोकेस खड्काको अध्यक्षतामा स्ववियु कार्यसमिति चयन गरिएको थियो ।
जोशी लगायतले स्ववियु गठनमा आफूहरुलाई समावेश नगरिएको र प्रक्रियागत त्रुटि भएको दाबी गर्दै रिट दायर गरेका थिए। सोही रिटमा बुधबार सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश द्वय डाल कुमार खड्का र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले खारेज गरेको हो। माग अनुरूप स्ववियु खारेज गर्नु पर्ने कुनै वैधानिक आधार नभएको अदालतको ठहर छ ।
योसँगै सभापति खड्का र सचिव शैलेन्द्र उपाध्यायको नेतृत्वमा रहेको वर्तमान स्ववियुले विधिवत रूपमा आफ्नो कार्यकाल अगाडि बढाउने भएको छ।
















ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया