महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

जलेश्वर । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४३ करोड ९४ लाख ७३ हजार छ सय २४ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
महोत्तरी गाउँपालिकाद्वारा आज आयोजित १३ औँ गाउँ सभामा अध्यक्ष दिलीपकुमार पाण्डेले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको नारा मूल मन्त्र मान्दै ‘समृद्ध गाउँपालिका, सुखी गाउँपालिकावासी’ बनाउने उद्देश्यले आर्थिक वर्ष २०८२/८३ लागि ४३ करोड ९४ लाख ७३ हजार छ सय २४ रुपैयाँ बराबर बजेट प्रस्तुत गरेको छु ।’
उनका अनुसार पालिकाले सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट नौ करोड ५२ लाख रुपैयाँ, सशर्त अनुदानबाट १४ करोड ५३ लाख रुपैयाँ, विशेष अनुदानबाट एक करोड रुपैयाँ र समपुरक अनुदानबाट एक करोड पाँच लाख रुपैयाँ प्राप्त हुने देखाइएको छ ।
त्यसैगरी प्रदेश सरकारको वित्तीय समानिकरण अनुदानबाट ६६ लाख आठ हजार रुपैयाँ, सशर्त अनुदानबाट ८० लाख रुपैयाँ, विशेष अनुदानबाट ३० लाख रुपैयाँ र समपुरक अनुदानबाट २० लाख रुपैयाँ प्राप्त हुनेछ ।
सङ्घीय सरकारको राजस्व बाँडफाँटबाट आठ करोड ३९ लाख ४९ हजार एक सय ८४ रुपैयाँ, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ४९ लाख १६ हजार चार सय ४० रुपैयाँ र आन्तरिक स्रोतबाट सात करोड रुपैयाँ जुट्ने भएको छ ।
गाउँपालिकाले प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा गौरवको आयोजनामा गाउँपालिकादेखि सबै वडा हुँदै जिल्ला सदरमुकाम जलेश्वरसम्म पुग्ने बाटोमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने कार्यक्रमलाई अघि सारेको छ ।
महत्त्वपूर्ण तथा महत्वकांक्षी योजनामा स्थानीय समुदायसँगको सहकार्यमा १५ शय्याको अस्पताल निर्माणको लागि जग्गा प्राप्ति, छ हजार घर परिवारलाई एक घर एक विद्युतीय चुल्हो वितरण, गाउँपालिकाको सबै वडाको मुख्यमुख्य चौकमा सिसीटीभी जडान, वाइफाइ फ्री जोन बनाइनेलगायत कार्यक्रम राखिएको छ ।
त्यस्तै प्रत्येक वडामा शुद्ध खानेपानी, पार्क निर्माण, किसानका लागि शितगृह निर्माण, डीप ट्युववेल जडान, बजार व्यवस्थापनलगायत कार्यक्रमलाई गाउँपालिकाले महत्त्वका साथ अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
पूर्वमन्त्री एवम् नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया