प्रचण्ड भेट्न विप्लव खुमलटारमा
मेरोन्यूज
२०८२ असार ७ गते १२:४९

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । प्रचण्डलाई भेट्न विप्लव आज (शनिबार) विहान खुमलटार पुगेका हुन् । पछिल्लो समय विप्लवले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् ।
नेसपा (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग भेटेका विप्लवले आज भने प्रचण्डसँग भेट गरेका हुन् । पछिल्लो समय नेकपा र माओवादी केन्द्रबीच पनि एकताको हल्ला चलेको थियो ।
तर, विप्लले सार्वजनिक कार्यक्रममार्फत नै एकताको लागि माओवादी नेतृत्व पँक्ति गम्भीर नबनेको आरोप लगाउने गरेका छन् । प्रचण्डले भने भर्खरै नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ समूहसँग एकता गरेका छन् । श्रेष्ठ अहिले माओवादी केन्द्रको सचिवको जिम्मेवारीमा छन् ।
सम्बन्धित









धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया