प्रचण्ड भेट्न विप्लव खुमलटारमा
मेरोन्यूज
२०८२ असार ७ गते १२:४९

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । प्रचण्डलाई भेट्न विप्लव आज (शनिबार) विहान खुमलटार पुगेका हुन् । पछिल्लो समय विप्लवले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् ।
नेसपा (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग भेटेका विप्लवले आज भने प्रचण्डसँग भेट गरेका हुन् । पछिल्लो समय नेकपा र माओवादी केन्द्रबीच पनि एकताको हल्ला चलेको थियो ।
तर, विप्लले सार्वजनिक कार्यक्रममार्फत नै एकताको लागि माओवादी नेतृत्व पँक्ति गम्भीर नबनेको आरोप लगाउने गरेका छन् । प्रचण्डले भने भर्खरै नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ समूहसँग एकता गरेका छन् । श्रेष्ठ अहिले माओवादी केन्द्रको सचिवको जिम्मेवारीमा छन् ।
सम्बन्धित
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया