व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका छन् । शनिबार (असार ७) काठमाडौंमा आयोजित ‘विद्यार्थीसँग जनप्रतिनिधि : विचार विमर्श’ कार्यक्रममा उनले हालको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएको जिकिर गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत राज्यका महत्त्वपूर्ण निकायमा प्रमुख राजनीतिक दलबीच भागबन्डाबाट पदाधिकारी नियुक्त गर्ने गरिएको उनले बताए । ती पदाधिकारीबाट भ्रष्टाचारीमाथि कारबाही हुने सम्भावना कम रहेको उनले उल्लेख गरे ।
वर्तमान संविधान र व्यवस्था ल्याउने नेतामा समेत समस्या रहेको उनले टिप्पणी गरे । हाल मुलुकमा कहाँ भ्रष्टाचार छैन भन्ने अवस्था आएको उनको भनाइ थियो ।
अध्यक्ष लिङदेनले मुलुक संघीय संरचनामा गइसकेपछि जनप्रतिनिधिको संख्या धेरै भएको र उनीहरूलाई सुविधा दिन विदेशीसँग ऋण लिनुपर्ने अवस्था देखिएको बताए ।
















ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया