व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका छन् । शनिबार (असार ७) काठमाडौंमा आयोजित ‘विद्यार्थीसँग जनप्रतिनिधि : विचार विमर्श’ कार्यक्रममा उनले हालको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएको जिकिर गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत राज्यका महत्त्वपूर्ण निकायमा प्रमुख राजनीतिक दलबीच भागबन्डाबाट पदाधिकारी नियुक्त गर्ने गरिएको उनले बताए । ती पदाधिकारीबाट भ्रष्टाचारीमाथि कारबाही हुने सम्भावना कम रहेको उनले उल्लेख गरे ।
वर्तमान संविधान र व्यवस्था ल्याउने नेतामा समेत समस्या रहेको उनले टिप्पणी गरे । हाल मुलुकमा कहाँ भ्रष्टाचार छैन भन्ने अवस्था आएको उनको भनाइ थियो ।
अध्यक्ष लिङदेनले मुलुक संघीय संरचनामा गइसकेपछि जनप्रतिनिधिको संख्या धेरै भएको र उनीहरूलाई सुविधा दिन विदेशीसँग ऋण लिनुपर्ने अवस्था देखिएको बताए ।










पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभारः गृहमन्त्री
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया