इजरायलबाट फर्किन ८८५ नेपालीले टिपाए नाम

काठमाडौं । इजरायल र इरानबीच युद्ध बढेसँगै त्यहाँ कार्यरत नेपालीलाई ल्याउन सरकारले पहल थालेको छ ।
इजरायलमा रहेका नेपालीमध्ये ८८५ जनाले आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन नाम टिपाएको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा राणाले भनिन्, “१७ जुनमा अनलाइन पोर्टल खोलेर नेपालीहरूको विवरण लिन सुरु गरिएको थियो । उक्त पोर्टलमा हालसम्म ८८५ जनाले विवरण दर्ता गर्नुभएको छ । विवरण दर्ता गर्ने क्रम बढ्दै गएको छ । सरकारले ती क्षेत्रहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।”
यस्तै इरानमा १६ जना नेपाली रहेको उनले बताइन् । जसमध्ये ५ जना गैरकानूनीरूपमा गएकाले जेलमा रहेका छन् । “इरानमा १६ जना हुनुहुन्छ । हामीले भारतको परराष्ट्र मन्त्रालयलाई आग्रह गरेर उहाँहरूको नागरिकसँग ११ जनालाई ल्याउने वातावरण मिलाएका छौँ । उहाँहरू मसाद भन्ने ठाउँमा हुनुहुन्छ। भोलिसम्म भारत आइपुग्नुहुन्छ,” राणाले भनिन् ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया