लक्ष्मी ल्युब आयलद्वारा दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि निःशुल्क सर्भिस क्याम्प

काठमाडौँ । नेपालका लागि विश्व प्रसिद्ध ब्रान्ड टोटल इनर्जीज् लुब्रिकेन्ट्सको आधिकारिक वितरक, लक्ष्मी ल्युब आयल प्रालिले पहिलोपटक काठमाडौँ उपत्यका बाहिर दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै फ्रि सर्भिस क्याम्प आयोजना गर्न लागेको छ ।
कम्पनीले सवारीसाधनको दीर्घकालीन सम्भार र इञ्जिन स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यका साथै भैरहवा र बुटवलका स्थानीय ग्राहक, मेकानिक समुदायसँग पनि प्रत्यक्ष सम्पर्क विस्तार गर्ने लक्ष्य राखेको छ ।
चारपांग्रे सेवा शिविर एडभान्स अटोकेयर, बुटवलमा असार १२ र १२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । भने दुईपांग्रे सेवा शिविर धर्मेन्द्र मोटरसाइकल स्पेयर पाट्र्स, भैरहवामा असार १९ र २० गते बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ ।
कम्पनीका अनुसार शिविरमा सहभागीहरूले आफ्नो सवारीको इञ्जिनको अवस्था निःशुल्क परीक्षण गराउन सक्नेछन्। साथै, टोटल इनर्जीज् ब्रान्डको उच्चगुणस्तरको लुब्रिकेन्ट बारे जानकारी लिन सक्नेछन्। सहभागीसँग लुब्रिकेन्टको सही प्रयोग, इञ्जिन देखभालका टिप्स र सेवासम्बन्धी सुझावहरू समेत साझा गरिनेछ ।
















विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया