मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड

मोरङ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यहाँका १६ स्थानीय तहले रु १६ अर्ब ५७ करोडको बजेट ल्याएका छन् । जिल्लामा रहेका १७ स्थानीय तहमध्ये असार १० गतेभित्रै ग्रामथान गाउँपालिकाबाहेकका १६ स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट सभामा पेस गरेका छन् ।
जिल्लाका १६ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रु १६ अर्ब ५७ करोड ३६ लाख पाँच हजार ६४४ बराबरको बजेट ल्याएका छन् । जिल्लामा एक महानगर, आठ नगरपालिका र आठ गाउँपालिका रहेकामा ग्रामथान गाउँपालिकाबाहेका १६ वटा स्थानीय तहले बजेट नगर तथा गाउँ सभामा पेस गरेका हुन् ।
ग्रामथान गाउँपालिकाले आन्तरिक किचलोका कारण असार १० गते भित्रमा बजेट पेश गर्न सकेन । मोरङमा सबैभन्दा बढी विराटनगर महानगरपालिकाले रु चार अर्ब ४० लाख बजेट ल्याएको छ ।
यस्तै सुन्दरहरैँचा नगरपालिकाले रु एक अर्ब ७१ करोड २७ लाख ५९ हजार १८०, उर्लाबारी नगरपालिकाले रु एक अर्ब १८ करोड ४० लाख ५४ हजार ५०० र बेलबारी नगरपालिकाले रु एक अर्ब नौ करोड ४५ं लाख ४७ हजारको बजेट आगामी आर्थिक वर्ष लागि पेस गरेका छन् ।
यसैगरी रतुवामाई नगरपालिकाले रु तीन करोड ८५ लाख ११ हजार, पथरीशनिश्चरे नगरपालिकाले रु ८१ करोड ९९ लाख ९१ हजार, रंगेली नगरपालिकाले रु ७७ करोड ७७ लाख आठ हजार ५८, सुनवर्षी नगरपालिकाले रु ६७ हजार १३ लाख २२ हजार र लेटाङ नगरपालिकाले रु ६१ करोड छ लाख २८ हजार २०० बराबरको बजेट पेश गरेका छन् ।
अन्य गाउँपालिकाहरुमा केराबारीले रु ८४ करोड ८५ लाख आठ हजार, मिक्लाजुङले रु ७९ करोड ९२ लाख ४९ हजार ७०, बुढीगंगाले रु ७६ करोड ३० लाख ९३ हजार, कानेपोखरीले रु ६७ करोड २९ लाख ९६ हजार, जहदाले रु ६० करोड २७ लाख ९० हजार ५२५, धनपालथानले रु ५९ करोड एक लाख ७३ हजार ३११ र कटहरीले रु ५८ करोड ९१ लख ४४ हजार ५०० बराबरको बजेट ल्याएका छन् ।
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया