मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड

मोरङ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यहाँका १६ स्थानीय तहले रु १६ अर्ब ५७ करोडको बजेट ल्याएका छन् । जिल्लामा रहेका १७ स्थानीय तहमध्ये असार १० गतेभित्रै ग्रामथान गाउँपालिकाबाहेकका १६ स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट सभामा पेस गरेका छन् ।
जिल्लाका १६ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रु १६ अर्ब ५७ करोड ३६ लाख पाँच हजार ६४४ बराबरको बजेट ल्याएका छन् । जिल्लामा एक महानगर, आठ नगरपालिका र आठ गाउँपालिका रहेकामा ग्रामथान गाउँपालिकाबाहेका १६ वटा स्थानीय तहले बजेट नगर तथा गाउँ सभामा पेस गरेका हुन् ।
ग्रामथान गाउँपालिकाले आन्तरिक किचलोका कारण असार १० गते भित्रमा बजेट पेश गर्न सकेन । मोरङमा सबैभन्दा बढी विराटनगर महानगरपालिकाले रु चार अर्ब ४० लाख बजेट ल्याएको छ ।
यस्तै सुन्दरहरैँचा नगरपालिकाले रु एक अर्ब ७१ करोड २७ लाख ५९ हजार १८०, उर्लाबारी नगरपालिकाले रु एक अर्ब १८ करोड ४० लाख ५४ हजार ५०० र बेलबारी नगरपालिकाले रु एक अर्ब नौ करोड ४५ं लाख ४७ हजारको बजेट आगामी आर्थिक वर्ष लागि पेस गरेका छन् ।
यसैगरी रतुवामाई नगरपालिकाले रु तीन करोड ८५ लाख ११ हजार, पथरीशनिश्चरे नगरपालिकाले रु ८१ करोड ९९ लाख ९१ हजार, रंगेली नगरपालिकाले रु ७७ करोड ७७ लाख आठ हजार ५८, सुनवर्षी नगरपालिकाले रु ६७ हजार १३ लाख २२ हजार र लेटाङ नगरपालिकाले रु ६१ करोड छ लाख २८ हजार २०० बराबरको बजेट पेश गरेका छन् ।
अन्य गाउँपालिकाहरुमा केराबारीले रु ८४ करोड ८५ लाख आठ हजार, मिक्लाजुङले रु ७९ करोड ९२ लाख ४९ हजार ७०, बुढीगंगाले रु ७६ करोड ३० लाख ९३ हजार, कानेपोखरीले रु ६७ करोड २९ लाख ९६ हजार, जहदाले रु ६० करोड २७ लाख ९० हजार ५२५, धनपालथानले रु ५९ करोड एक लाख ७३ हजार ३११ र कटहरीले रु ५८ करोड ९१ लख ४४ हजार ५०० बराबरको बजेट ल्याएका छन् ।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया