मंगलबार, वैशाख २२, २०८३

नेपालभर सेरेसको मनसुन एक्सचेन्ज क्याम्प, बोनसको ग्यारेन्टीसहित उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज

मेरोन्यूज २०८२ असार १३ गते २०:०५

काठमाडौं। नेपालमा विद्युतीय गाडी बजारमा अग्रणी ब्रान्डको रूपमा परिचित सेरेस नेपालले “मनसुन एक्सचेन्ज क्याम्प” को औपचारिक सुरुवात गरेको छ। असार १२ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने यो विशेष अभियान अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडी उच्चतम मूल्यमा साटेर सेरेस३ मा अपग्रेड गर्न सक्नेछन्।

Advertisement
NiccNicc

सेरेस नेपालका अनुसार, यो क्याम्पेन ‘टाइम–लिमिटेड इनिसियटिभ’ अन्तर्गत ल्याइएको हो, जसले ग्राहकलाई भविष्यमैत्री विद्युतीय सवारीमा रूपान्तरण गर्न थप प्रोत्साहन दिनेछ। सेरेसले पुराना गाडीका लागि उद्योगमै सर्वश्रेष्ठ मूल्य प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

यस अफरमा ग्राहकहरूले एक्सचेन्ज बोनस, अटो प्लस बीमा, प्रिमियम एक्सेसरिज तथा विशेष नगद छुटजस्ता आकर्षक लाभहरू प्राप्त गर्नेछन्। यी सुविधाहरूले सेरेस ईभीमा ट्रान्जिसनलाई सहज र पहुँच योग्य बनाउने कम्पनीको दाबी छ।

आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका लागि चर्चित सेरेसको सेरेस३ मोडलले नेपालमा ४,४६० मिटर उचाइको कोरला नाका पार गरेर आफ्नो इन्जिनियरिङ क्षमताको प्रदर्शन गरिसकेको छ। अन्तर्राष्ट्रिय रूपमा समेत कम्पनीले इन्डोनेसियाको “२०२५ पेरिक्लिन्डो इलेक्ट्रिक भेइकल शो” मा तीन वटा “बेस्ट ईभी” अवार्ड जितेर आफ्नो प्रभाव जमाएको छ।

प्रतिक्रिया