लुटपाटमा संलग्न पाँच जना पक्राउ

काठमाडौं। लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका–४ बस्ने ३२ वर्षीय राम बहादुर तामाङ, सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका–३ घर भएका ४० वर्षीय बिपिन लामा, महोत्तरी बर्दिबास नगरपालिका–६ घर भएका ३८ वर्षीय बिनोद मगर, रामेछाप सुनापाति गाउँपालिका–३ घर भएका ३० वर्षीय राजु तामाङ र रामेछाप मन्थली नगरपालिका–१६ घर भएका ३० वर्षीय राजकुमार माझी रहेका छन् ।
काठमाडौं महानगरपालिका–९ गौशाला रुन्चेडाँडास्थित सार्वजनिक सडकमा वैदेशिक रोजगारबाट आएका एक व्यक्तिलाई अपरिचित व्यक्तिहरूले डर त्रास तथा धाक धम्की दिई निजको साथमा रहेको नगद ४५ हजार रूपैयाँ लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं गौशालाबाट लुटपाट गरेको उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरू उपर डाँका गर्न नहुने सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया