कांग्रेस बैठकमा गृहमन्त्री लेखकले भने– गठबन्धनको विकल्प खोजिए फाइदा हुँदैन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनको विकल्प खोजे गन्तव्यमा नपुग्ने बताएका छन् ।
सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै दुईवटा पार्टीका बीचमा समस्या देखिएपनि सल्लाह गरेर अघि बढ्नुपर्ने बताए ।
‘गठबन्धनलाई राम्रोसँग हिँडाएर कांग्रेसको हितमा जान सक्ने किसिमले काम गरिरहेका छौँ । अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ,’ गृहमन्त्री लेखकले बैठकमा भने, ‘अहिले अर्को विकल्पमा कुरा गर्न थाल्यौ भने गन्तव्यमा पुग्दैनौँ । कांग्रेसलाई ठिक हुँदैन । यही गठबन्धनमा कमीकमजोरीलाई सुधार गर्दै अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ ।’
उनले सरकार सही ढंगले अघि बढाउन कोसिस अहिलेको सरकारलाई नै निरन्तरता दिनुपर्ने बताए । भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिँदै आफूविरुद्ध प्रतिशोध साँध्ने गरी प्रचार भएको समेत बताए ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया