नेपाली बजारमा भित्रियो एमजी विन्डसर ईभी, मूल्य कति पर्छ ?

काठमाडौं। नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रालिले भारतमा चर्चित एमजी विन्डसर ईभी नेपाल भित्र्याएको छ । बुधबार काठमाडौंमा आयाेजित एक कार्यक्रममा कम्पनीले यसलाई सार्वजनिक गरेको हो ।
भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको छ। विन्डसर इभीले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम फिचरहरू उपलब्ध गराउने कम्पनीले दाबी गरेकाे छ।
यस गाडीमा १३५ड्ढ रेक्लाइन हुने एरो लाउन्ज सिटहरू, ६०४ लिटरको ठुलो बुट स्पेस, र १५।६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ । विन्डसर इभीमा शक्तिशाली मोटर पावर रहेको छ । यसको ३८ किलोवाट ब्याट्रीले ३३२ किमीको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
प्रिमियम अपिल बढाउन यसमा लेदरेट सिटहरू र स्मार्ट फ्लश डोर ह्यान्डल पनि राखिएका छन्। सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग राखिएको छ । साथै यो आईपी ७८ रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेस्टहरू पार गरेको छ। १८६ मिमि ग्राउन्ड क्लियरेन्सले रहेको छ ।
ग्राहकहरूको मनोबल र भरोसा बढाउन, विन्डसर इभीमा ८ वर्षको ब्याट्री वारेन्टी रहेको छ। साथै, नेपालभर फैलिएको एमजीको डिलर नेटवर्कले बिक्री र सर्भिसमा उत्कृष्ट सेवा दिने कम्पनीको दाबी छ ।
नेपालमा उपलब्ध अन्य एमजी गाडीहरूमा एमजी ४ इभी, एमजी कोमेट इभी, एमजी जेडएस इभी, र एमजी एस ५ इभी छन्। जसको मूल्य ३७ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रूपैयाँसम्म ताेकिएको छ ।
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया