श्रीलंकाको अर्थतन्त्रमा अमेरिकी कर वृद्धिले गम्भीर असर गर्ने: आईएमएफ

काठमाडौं । श्रीलंकाको निर्यात वस्तुहरूमा संयुक्त राज्य अमेरिकाले पुनः ४४ प्रतिशत आयात कर लगाउने सम्भावना बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्ने चेतावनी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले दिएको छ।
हाल श्रीलंकाबाट अमेरिका निर्यात हुने वस्तुहरूमा १० प्रतिशत कर मात्र लाग्दै आएको छ, तर यो छुट ९जुलाई ९० मा समाप्त हुने भएकाले त्यसपछि फेरि ४४ प्रतिशत कर लाग्न सक्ने अनुमान गरिएको छ।
आईएमएफले श्रीलंकाको कपडा उद्योगमा धेरै मुनाफा नहुने जनाएको छ, त्यसैले यति धेरै कर थपिएमा उद्योगहरू टिक्न गाह्रो हुन्छ । यसले निर्यात घटाउने र देशको आम्दानीमा असर पार्नेछ ।
यद्यपि, निर्यात घटे पनि कच्चा पदार्थ कम आयात गर्नु पर्ने, अन्तर्राष्ट्रिय बजारमा सामान सस्तो हुनु र रूपैयाँको अवमूल्यनले केही असर कम गर्न सक्ने आईएमएफले बताएको छ ।
आईएमएफले यस्तो परिस्थितिले लगानी घटाउन सक्ने, बेरोजगारी बढ्न सक्ने र सरकारले सुधार कार्यक्रम अघि बढाउन कठिनाइ भोग्न सक्ने चेतावनी दिएको छ ।
















विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया