१ सय ६२ किलो गाँजा बोकेको भारतीय कार नियन्त्रणमा
मेरोन्यूज
२०८२ असार २१ गते १३:५७

सुनसरी । नेपाल प्रहरीले सुनसरीबाट ठुलो परिणामको लागुऔषध गाँजासहित भारतीय कार नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–३ बाट गाँजा बोकेको एमएच ०२ बीपी ९७४२ नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार बिहान सवा २ बजे अस्थायी प्रहरी चौकी नडाहाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सडक छेउमा रहेको शङ्कास्पद अवस्थामा रहेको कार चेकजाँचको क्रममा कारको डिकीमा लुकाई राखेको १ सय ६२ किलोग्राम गाँजा बरामद गरेको थियो ।
गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न व्यक्तिको खोजतलास भइरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित














निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया