माओवादीसहित १२ दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्ने

काठमाडौँ । प्यालेस्टाइनमाथि इजरायलले ज्याजदी गरेको भन्दै नेकपा माओवादी केन्द्रसहित १२ वटा राजनीतिक घटकहरूले आज काठमाडौँमा संयुक्त जनप्रदर्शन गर्ने भएका छन् ।
माओवादी केन्द्रका महासचिव देव गुरुङद्वारा जारी सर्कुलरअनुसार, इजरायली सरकारले अमेरिकी साम्राज्यवादको संरक्षणमा गाजा लगायतका क्षेत्रमा आक्रमण र मानवअधिकार उल्लङ्घन गरेको भन्दै यो प्रदर्शनको आयोजना गरिएको हो ।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका साना बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ः०० बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ ।
इजरायली हमलामा झन्डै ५५ हजार निर्दोष प्यालेस्टाइनीको हत्या भए पछि नेपालका बामपन्थी दलहरू प्रदर्शनमा उत्रिन लागेका हुन् । संसद बाहिर रहेका नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्व पनि सो प्रदर्शनमा उत्रिने छन् ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया