बुधबार, वैशाख १६, २०८३

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

मेरोन्यूज २०८२ असार २७ गते १०:५९

दमौली(तनहुँ) । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाडाबाच्छी हुर्काउन कृषकलाई अनुदान दिएको छ । केन्द्रले चालु आर्थिक वर्ष २०८१/८२ मा कृत्रिम गर्भाधानबाट जन्मिएका पाडीबाच्छी हुर्काउन प्रोत्साहनस्वरुप रु २९ लाख ९० हजार अनुदान दिएको हो ।रविन्सन अधिकारीका अनुसार १२९ जना किसानलाई २९९ वटा पाडीबाच्छी हुर्काएबापत रु १० हजारका दरले अनुदान वितरण गरिएको हो । अनुदानका लागि ३२१ वटा पाडाबाच्छी पालेका किसानले आवेदन दिएका थिए ।

Advertisement
NiccNicc

कार्यालयले गत आर्थिक वर्षमा ३२७ कृषकलाई रु ६० लाख ४० हजार अनुदान उपलब्ध गराएको थियो । त्यस वर्ष ६०४ पाडाबाच्छी हुर्काएबापत अनुदान उपलब्ध गराइएकामा चालु आवमा बजेट घटेकाले कम किसान लाभान्वित भएका छन् । गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण गर्ने कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।

प्रतिक्रिया