घरघरमा स्वास्थ्य कार्यक्रमबाट पोखराका ११ हजार बढी लाभान्वित
मेरोन्यूज
२०८२ असार २७ गते ११:३४

गण्डकी । पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार ८६२ जनालाई नसर्ने रोगको निःशुल्क परीक्षण तथा परामर्श सेवा प्रवाह गरेको छ ।
यही असार १ गतेदेखि बिहीबारसम्म महानगरका १० वटा वडामा सञ्चालित उक्त कार्यक्रमबाट ज्येष्ठ, अशक्त र असहाय नागरिक लाभान्वित भएका हुन् ।
उक्त कार्यक्रमका सहजकर्ता हरिलाल आचार्यका अनुसार वडा नं. १, ८, १०, १३, १४, १७, १८, १९, २० र २५ का टोलबस्तीमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको हो । महानगरले आगामी आवमा पनि उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए ।
स्वास्थ्य महाशाखाको आयोजना र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको समन्वयमा पोखरा–८ सिमलचौरबाट सुरु गरी अन्य वडा तथा टोलमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
सम्बन्धित
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया