बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर।गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका बेला जानकी गाउँपालिका-९ का खेमबहादुर चन्दका दम्पती कृषि तथा पशुपालनमा जमेका छन्।
चन्द दम्पतीले कृषि तथा पशुपालनमा आफूलाई स्थापित गर्दै लगका छन्। वडा नं. ९ मा खेमबहादुर र रिजनाले २०७७ सालदेखि अमरावती बाख्रापालन कृषि फार्म सञ्चालन गरी कृषि कर्म गर्दै आएका छन्। अरुणोदय मावि खैरीफाँटाको आठ बिघा १६ कट्ठा जमिन लिजमा लिएर उनीहरूले बाख्रापालन गरिरहेका छन्। अहिले उनीहरूको खोरमा ७५ बाख्रा छन्। चन्द दम्पतीले बाख्रापालनबाट वार्षिक पाँच लाखसम्म कारोबार गर्ने गरेका छन्। यसबाहेक सिजनअनुसारको खेतीपातीबाट समेत आम्दानी हुने गरेको उनीहरू बताउँछन्।
शुरूमा परम्परागत रूपमा बाख्रा पालेका चन्द दम्पती व्यावसायिक बाख्रापालन गर्दा धेरै मेहनत गर्नुपरेको अनुभव सुनाउँछन्। ‘बाख्रापालन गर्दा विगतजस्तो चराउने चरन छैन, बाधेर बाख्रा पाल्दा बढी मेहनत गर्नुपर्छ’, खेमबहादुरले भने, ‘सामुदायिक वन उपभोक्ताले संरक्षण थालेपछि बाख्राका लागि चरन अभाव छ। बाँधेर पाल्दा दाना र घाँस बढी चाहिन्छ।’
चन्द दम्पतीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले पनि सघाएको छ। विभिन्न पालिकाले किसानलाई वितरण गर्न यहीबाट बाख्रा लिन थालेपछि उनीहरूले उत्पादन बढाउन थालेका हुन्। बजारको अभाव नभएपछि उनीहरूको ध्यान उत्पादनमा मात्र छ। यतिखेर उनीहरूको फर्म हेर्न स्थानीय कृषकहरू आउने गरेका छन्। लिजमा लिएको यही जमिनमा घाँसखेती र अन्य अन्नबाली लगाउने गर्नुभएको छ। यहाँ भएका बाख्रा स्थानीयस्तरमा पाइने जातकै छन्। बोका भने सिँचाइ आयोजनाले बयर जातको दिएको रिजनाले बताइन्
बाख्रा पाल्दा शुरुमा रोग लाग्दा समस्या झेलेका चन्द दम्पतीले आजभोलि बाख्रा बिरामी हुँदा खुवाउने औषधि र रोग बारे बुझेको बताउँछन्। ‘पशुपालन गर्दा हुने क्षतिबाट जोगिन बाख्राको बिमा गर्ने गरेका छौँ, पहिलो वर्ष ज्ञान नहुँदा क्षति बेहोरेका छौँ’, खेमबहादुरले भने, ‘अब त कुन रोग लाग्यो भनेर सामान्यतया अड्कल पनि गरिहाल्छौँ, अहिले त सजिलोसँग बूढाबूढी मिलेर काम गरिरहेका छौँ।’
यही बाख्रापालन र कृषि कर्मको आम्दानीबाट चन्दका छोरा कृषि विज्ञान स्नातक तह अध्ययन गरिरहेका छन्। बुबाआमाको कृषिको लगाव देखेर होला छोराले पनि कृषि अध्ययनमा रुचि देखाएको खेमबहादुरको भनाइ छ। बाख्रापालन गरेर छोराको पढाइ खर्च, घर खर्च सबै सहजै चलेको उनले बताए।
यो क्षेत्रका महिला पुरुष रोजगारीका लागि भारतको बेङ्लोर जाने गरेका छन्। यसरी जाने परिवारले सामान्यतया मासिक ३०-३५ हजार भारतीय रूपैयाँ कमाउने गरेका छन्।
















मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
एथर रिज्टा एस नेपालमा सार्वजनिक, कति छ मूल्य ?
क्यूआर स्क्यानमा लाखौँका प्राइज
महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८३’को डिजिटल संस्करण सार्वजानिक
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
प्रतिक्रिया