नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माण गर्न एक करोड रुपैयाँ सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई बाल अस्पताल निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
दुई संस्थाबीच आयोजित एक कार्यक्रममा किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे।
किओचले काठमाडौंको बुढानीलकण्ठमा बहुविशिष्टिकृत बाल अस्पताल निर्माण गरिरहेको छ, जुन अन्तिम चरणमा पुगेको छ। यसअघि नै झापाको दमकमा ‘किओच–दमक बाल अस्पताल’ स्थापना भई विभिन्न सेवासहित सञ्चालनमा आइसकेको छ।
कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सहयोगले न्यून आय भएका बालबालिकाको विशिष्टिकृत उपचारमा पहुँच पुग्ने विश्वास व्यक्त गरे। उनले भविष्यमा सातै प्रदेशमा बन्ने अस्पताललाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।
किओचका अध्यक्ष डा. भगवान कोइरालाले नेपाल लाइफको सहयोगले परियोजनालाई गति दिएको भन्दै कृतज्ञता व्यक्त गरे। उनले किओचको लक्ष्य देशैभरि गुणस्तरीय बाल स्वास्थ्य सेवा विस्तार गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने र प्रादेशिक बाल अस्पतालहरूका लागि स्रोत केन्द्रको रूपमा काम गर्ने रहेको बताए।
















पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया