नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माण गर्न एक करोड रुपैयाँ सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई बाल अस्पताल निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
दुई संस्थाबीच आयोजित एक कार्यक्रममा किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे।
किओचले काठमाडौंको बुढानीलकण्ठमा बहुविशिष्टिकृत बाल अस्पताल निर्माण गरिरहेको छ, जुन अन्तिम चरणमा पुगेको छ। यसअघि नै झापाको दमकमा ‘किओच–दमक बाल अस्पताल’ स्थापना भई विभिन्न सेवासहित सञ्चालनमा आइसकेको छ।
कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सहयोगले न्यून आय भएका बालबालिकाको विशिष्टिकृत उपचारमा पहुँच पुग्ने विश्वास व्यक्त गरे। उनले भविष्यमा सातै प्रदेशमा बन्ने अस्पताललाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।
किओचका अध्यक्ष डा. भगवान कोइरालाले नेपाल लाइफको सहयोगले परियोजनालाई गति दिएको भन्दै कृतज्ञता व्यक्त गरे। उनले किओचको लक्ष्य देशैभरि गुणस्तरीय बाल स्वास्थ्य सेवा विस्तार गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने र प्रादेशिक बाल अस्पतालहरूका लागि स्रोत केन्द्रको रूपमा काम गर्ने रहेको बताए।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया