बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरा । यहाँको गौमूल गाउँपालिकामा आज भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–३ कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
उनका अनुसार अनुसार मंगलबार बिहान घरबाट घाँस काट्न गएका बेला भिरबाट लडेर घटनास्थलमै बोहराको मृत्यु भएको हो ।घर नजिकै रहेको बागेडोरा भन्ने जङ्गलमा घाँस काट्न गएका बोहरा लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दा उनी मृत अवस्थामा फेला परेको बताए ।
बोहरा घाँस काट्ने क्रममा चिप्लिएर भिरबाट लडेको हुनसक्ने स्थानीयको भनाइ छ । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घटमुनाबाट टोली घटनास्थलमा गइसकेको प्रहरी नायब उपरीक्षक हवारीको भनाइ रहेको छ ।
घटनास्थल पुग्न अझै तीन घण्टा लाग्ने प्रहरी नायब उपरीक्षक हवारीले बताए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया