समर्थन फिर्ता लिन जसपा नेपालले ओली सरकारमाथि लगाएका ११ आरोप

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि सुशासनदेखि रोजगारी सिर्जना नगरेको ११ आरोप लगाएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने कारणहरू उल्लेख गर्ने क्रममा ती आरोप लगाएको हो । जसपाले बुधबार नै सभामुख देवराज घिमिरेलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे जानकारी गराइसकेको छ ।
संसदीय दलको बैठकबाट विभिनन्न ११ आरोप तय गरी अब उपरान्त संसद्मा विपक्षी बेन्चमा बस्ने निर्णय भएको जसपा नेपालले जनाएको छ ।
यस्ता छन् आरोप
१. जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु ।
२. भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिशनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु ।
३. मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु । असन्तुलित र पूर्वाग्रहीत रूपले आ.व.२०८२/८३ को बजेट ल्याउने कार्य गर्नु ।
४. संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगर्नु ।
५. कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिवी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु ।
६. स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु ।
७. समानतामा आधारीत न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासि जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु ।
८. मधेश, थरूहट, किरता– लिम्वुवान लगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाई नगर्नु ।
९. संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगर्नु ।
१०. कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाई, मलखाद्य, विऊ विजन र किट्नाशक औषधीका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु ।
११. वेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसक्नु ।










एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
रास्वपा केन्द्रीय समिति बैठक जारी
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
सुदूरपश्चिमविरुद्ध पहिला बलिङ गर्दै काठमाडौं
एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया