हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा हत्या प्रकरणका अभयुक्त २१ वर्षपछि पक्राउ परेका छन् ।
भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका हुन् । हत्यालगत्तै फरार भएका चैनपुर नगरपालिका–९ खाम्लिङका ६२ वर्षीय शम्शेरबहादुर तामाङलाई २१ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।
भोजपुरका ३६ वर्षीय तामाङको २०६१ साल चैत २२ गते खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट चैनपुर नगरपालिका–११ सातटारेतर्फ जाँदै गर्दा ३६ वर्षीय विश्वकर्माको हत्या भएको थियो । प्रहरीले सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले ६२ वर्षीय तामाङलाई खाम्लिङस्थित घर नजिकैबाट पक्राउ गरेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । हत्या प्रकरणमा संलग्न तामाङ कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भए पनि फरार थिए ।
पुनरावेदन अदालत धनकुटाले २०६९ असार १७ गते दुई वर्ष कैद सजाय सुनाएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा हालसम्म तीन जना पक्राउ परिसकेका छन् ।
सङ्खुवासभामा गत आर्थिक वर्ष २८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । चालु आर्थिक वर्षको सुरुआतमा एक फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया