वनस्पतिमा आधारित खाना र जीवनशैलीको प्रवर्द्धन गर्न काठमाडौं भेज फेस्ट हुँदै

काठमाडौँ । पशु कल्याणको क्षेत्रमा सक्रिय संस्था स्नेहाज केयरले १० साउनमा काठमाडौँको बौद्धस्थित उत्पला क्याफेमा पाँचौं ‘काठमाडौं भेज फेस्ट २०२५’ आयोजना गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलन आयोजना गरी संस्थाले ‘काठमाडौं भेज फेस्ट २०२५’को सम्बन्धमा जानकारी दिएको हो । वनस्पतिमा आधारित (भिगन) खाना र जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले भेज फेस्ट आयोजना गर्न लागिएको हो ।
वनस्पतिमा आधारित परिकारहरूको प्रचार प्रसार गर्नुका साथसाथै वनस्पतिमा आधारित खाना र जीवनशैलीलाई प्रवद्र्धन गर्न यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको स्नेहाज केयरकी सस्थापक स्नेहा श्रेष्ठले जानकारी दिइन् ।
महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार, दिगो विकास र वातावरणमैत्री सामग्रीको प्रदर्शनका साथै विक्री वितरण हुनेहुँदा भिगन रेस्टुरेन्ट, भिगन सामग्रीहरूको विक्रेताहरूलाई स्टल राख्ने अवसर प्रदान गरिने श्रेष्ठले बताइन् ।
उनले महोत्सवमा विभिन्न भिगान रेस्टुरेन्टहरू, भिगान परिकार उत्पादकहरू, विभिन्न आकर्षक गरगहनाहरू, अर्गानिक कृषि उपजहरू तथा ह्यान्डीक्राफ्ट, पशु कल्याण संस्थाहरू, योग तथा दर्शनलगायतका सामग्रीहरू तथा जानकारीमूलक गरि ९० भन्दा धेरै स्टलहरू रहने उनले जानकारी दिइन् ।
अवलोकनकर्ताहरूले विभिन्न प्रकारका स्वादिष्ट भिगन परिकारहरूको स्वाद लिनुका साथै लाइभ म्युजिक, नृत्य प्रस्तुति तथा बालबालिकाका लागि आयोजित विभिन्न कार्यक्रमहरूको पनि आनन्द लिन सक्नेछन् ।
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया