एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
मेरोन्यूज
२०८२ साउन ६ गते ८:२७

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि जारी बैठक आज बिहान ११ बजे पुनः बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सोमबारको बैठकमा भदौमा हुने विधान महाधिवेशनको प्रतिवेदनमाथि ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बाँकी सदस्य आज आफ्नो धारणा राख्ने छन् । बैठकमा प्रत्येक सदस्यलाई धारणा राख्न तीन मिनेटको समय दिइएको छ ।पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने छन् ।
अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् ।
सम्बन्धित
















परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया