२ केजी सुनसहित ठमेलबाट २ चिनियाँ नागरिक पक्राउ
मेरोन्यूज
२०८२ साउन ६ गते १३:५३

काठमाडौँ । काठमाडौँको ठमेलबाट २ किलो सुन र २४ लाख रुपैयाँसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति उनीहरुलाई ठमेलको होटल जिउ डिङ युयान बीन गुआन होटलबाट पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा चीनको सियाचिनका ४६ वर्षीय तान चुनलिन र ३४ वर्षकी जोउ सुमेइ रहेका छन्। चुनलिन डेढ महिना पहिले नेपाल आएको भेटिएको छ। सुमेइ भने केही दिन पहिले मात्रै नेपाल आएकी थिइन्।
उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया