दुई आयोगबीच सहयोग, समन्वय र सहकार्य हुने

काठमाडौं। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगबिच सहयोग, समन्वय र सहकार्य गर्ने सहमति भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगमा रहेका सूचना, विवरण, जानकारी र उजुरी तथा सङ्क्रमणकालीन न्यायका विविध पाटाका विषयमा दुई आयोगको बिचमा सहयोग, समन्वय र सहकार्य गर्ने सहमति भएको बेपत्ता आयोगका सदस्य तथा प्रवक्ता सिर्जना पोखरेलले जानकारी दिए ।
दुई आयोगबिच पीडितलाई केन्द्रबिन्दुमा राखी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको चार वर्षे कार्ययोजना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नियमावली, २०८२ को मस्यौदा निर्माण गर्नुपर्ने विषयमा पनि छलफल भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, सदस्य सूर्यप्रसाद शर्मा ढुङ्गेल र लीली थापा तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौला, सदस्य गोपालनाथ योगी र अग्निप्रसाद थपलिया लगायतले सहमति गरेका हुन् ।










उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया